नेपाली समुदायलाई अष्ट्रेलियाको नेताले गरे सहयोगको बाचा

  KTMreports  232 पटक हेरिएको

१२ मे सिड्नी ।अष्ट्रेलियाको एनएसडब्लु राज्य संसदिय निर्बाचनले रौनकले तातेको छ । दुबै दलका उमेद्दबारहरु अहोरात्र चुनाबी प्रचारमा जुटेका छन् । अहिलेको सरकारको लिबरल पार्टीको बार्टन क्षेत्रका लागि नेपाली मुलका युबा प्रमेज श्रेष्ठ उमेद्दवार बनेका छन् । उनी प्राय:नेपाली समुदायमा नै प्रचारमा ब्यस्त छन् । यस्तै बार्टन क्षेत्रका लागि लेबर पार्टीको अर्का उमेद्दवार लिण्डा पनि चुनाबी अभियानमा ब्यस्त छिन् । उनले पनि नेपाली समुदायलाई स्थान दिएकी छिन् ।यो त बार्टनको कुरा रह्यो तर बैक्स क्षेत्रका उमेद्दबार अहिलेका अध्यागमन मन्त्री डिभिड कोलम्यानले समेत नेपाली समुदायलाई स्थान दिएका छन् । उनले शनिबार सिड्नीमा आयोजित एक कार्यक्रममा समेत आफुले चुनाब जिते नेपाली समुदायका लागि सामुदायिक भबन बनाउनका लागि १ मिलियन डलर दिने प्रतिबद्दता गरेका छन् ।केहि समय अघि सम्म नेपाली समुदायलाई नटेर्ने अष्ट्रेलियन नेताहरुले चुनाबका बेला भने नेपाली लोकदोहोरीमै नाचगान गर्न समेत पछि परेका छैनन् । नेपाली समुदायको मत निर्णायक बन्दै गरेको अबस्थामा स्थानीय नेताहरुले निकटता देखाईरहेका हुन्  यसैमा नेपाली मख्ख छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार