२४ प्रतियोगीलाई पछि पार्दै मिस नेपाल बनिन् अनुष्का श्रेष्ठ

  KTMreports  186 पटक हेरिएको

१० मे  सिड्नी ।

मिस नेपाल २०१९ को बिहिबार राती नेपाल अन्तिम प्रतिस्पर्धा भएको छ । यस पटकको अन्तिम प्रतिस्पर्धाका लागि २५ सुन्दरी छनौटमा थिए ।  २४ प्रतियोगीहरु पछि पार्दै मिस नेपाल वर्ल्ड २०१९ को ताज  सिड्नी बस्दै आएकी मिस नेपाल ओसिनिया २०१८ की बिजेता अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपाल ओसिनियाको बिजेताले मिस नेपालमा सिधा सहभागीता जनाउन पाएको यो पहिलो पटक हो । अनुष्का सिड्नीको ग्रयानभिल बस्दै आएकी छिन् । सौन्दर्य प्रतियोगीतामा सानै देखी रहर जनाउने गरेकी श्रेष्ठले मिस नेपाल ओसिनियाको ताज जिते लगत्तै मिस नेपालमा सहभागीता जनाउनका लागि नेपाल जादै गर्दा उनले सिड्नी स्थायी जागिर समेत छोडेर नेपाल गएकी थिईन् ।मिस नेपालको ताज जित्छु भन्ने आत्मविश्वास सहित नेपाल गएकी अनुष्काको मिस नेपालको यात्रा सुरुवाती चरण देखी नै सकरात्मक देखिदै आएको थियो । उनले शिर्ष उपाधि सहित मिस नेपाल फेसिईयोको समेत उपाधि जित्न सफल भएकी छिन् । मिस नेपालको यस पटकको संस्करणमा मिस नेपाल सुपर नेश्नलको ताज रोज लामाले जितेकी छिन् । यस्तै मिस नेपाल ईन्टरनेश्नल मिरा कक्षपतिले जितेकी छिन् । भने,मिस नेपाल अर्थ रिया बस्नेत र मिस नेपाल युनिभर्ष प्रदिप्ता अधिकारीले जितेका छन् ।

मिस नेपालमा सहभागीता जनाउनु नेपाल जानु पुर्ब युएनईले आयोजना गरेको बिदाई कार्यक्रममा अनुष्काले आफुले सिन्धुपाल्चोकका ग्रामिण भेगका बिध्यालयमा अनलाईन शिक्षा प्रणालीका बिषयमा आफुले योजना अघि सार्ने प्रतिबद्दता गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार