रिना हत्या काण्डःपथरीमा गोली चल्यो,प्रेमी प्रहरीको नियन्त्रणमा

  KTM reports  269 पटक हेरिएको

पथरी । मोरङको पथरीमा स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो ।

अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले आन्दोलन गरिरहेका छन् ।
आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रिनाको हत्यारा पतालगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

यो पनि पढ्नुहोस: रिना हत्या प्रकरण प्रेमी पक्राउ

पथरी। पथरीशनिश्चरे त्रिवेणी चोक साझा लाइनमा डेरा गरी वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर २९ बर्षीय रीना बस्नेतको रहस्यमय मृत्यु पछि उनका प्रेमी भनिएका कमल नेपाल हिजो साँझ पक्राउ परेका छन् । कमलले रिनालाई शुक्रबार दिनभरी र रातको १२ बजेसम्म फोन गरेको मृतक रिनाका छोरा साइमनले बताएका थिए । त्यसैगरी ममाघर जाँदा साइमनलाई मोवाइल ट्याब दिएको र रिनालाई बेला बेलामा सपिङ गर्ने पैसा दिने गरेको छोराको बयानकै आधारमा कमललाई प्रहरीले पक्राउ गरेको हो ।

कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइए पछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईले जानकारी दिए । शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १४ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् ।

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गदैं हत्यारा पत्ता लगाएर कारवाही गर्न दवाव दिदैं सोमबार स्थानीयहरुले सडक जाम नै गरेका थिए ।

आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएकाे छ । व्यवसायी रिनाकाे हत्यारा पतालगाई कारवाहीकाे माग गर्दै‌ व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार