अनौठो कण्डम,पार्टनरको ईच्छा बिपरित कण्डमनै खुल्दैन

  Agency  183 पटक हेरिएको

एजेन्सी १५ अप्रिल । सुरक्षित सेक्सका लागि मानिसहरुलाई जागरुक गराउने अनेक खालका प्रयास दुनियाँमा भइरहेका हुन्छन् । तर अबचाहिँ बजारमा यस्तो कण्डम आउनेवाला छ जसको प्याकेट एक्लै खोल्न सकिने छैन । अर्थात् यो कण्डमको प्याकेट खोल्नका लागि दुई हातले सकिँदैन, चारवटा हात चाहिन्छ ।अर्जेन्टिनाको सेक्स टोय कम्पनी ट्यूलिपनले सुरक्षित सेक्स तथा सहमतिमा हुने सेक्सलाई बढावा दिनका लागि कन्सेन्ट नामको यस्तो कण्डम डिजाइन गरेको हो ।

यो कण्डमको प्याकेट खोल्नका लागि सेक्स पार्टनरमध्ये दवैजनाको आवश्यकता पर्दछ । एकजनाले मात्र कण्डम अनप्याक गर्न सक्दैन । दुवैै जनाले समाएर कण्डमको प्याक खोल्नु पर्दछ ।

कम्पनीले यो विशेष कण्डमको भिडियो आफ्नो ट्वीटर ह्याण्डलमा शेयर गरेको छ । सुरक्षित सेक्सको आधार भन्दै कम्पनीले यही कण्डमलाई अघि सारेर प्रचार गरिरहेको छ ।

लभ मेकिङमा दुवैै पार्टनरको बराबर सहभागिता हुनुपर्दछ भन्ने मान्यताका आधारमा डिजाइन गरिएको यो कण्डमको प्याकेटमा लेखिएको छ, अर्थात् यदि कसैले स्वीकार गर्दैन भने त्यहाँ केही पनि हुँदैन ।

यो कण्डमको प्याक खोल्नका लागि कण्डमको प्याकेटको चारै कुनामा एकसाथ हातले दबाउनु पर्दछ । चारवटा हात नभैकन यो कण्डम खोल्न सकिँदैन ।

सोसल मिडियामा यो कण्डमको प्याकेट खोलेको भिडियो शेयर गर्दै ट्यूलिपले लेखेको छ, ‘यो सानो बक्स किन दुई मानिसले मात्र खोल्न सकिन्छ होला ? किनकि सम्बन्धमा सहमतिले मात्र काम गर्दछ । यदि सहमति हुन्छ भने आनन्द पनि मिल्दछ ।’

यो कण्डम सन् २०१९ को अन्त्य सम्ममा बजारमा उपलब्ध गराउने कम्पनीको योजना छ । व्यावसायिक रुपमा उत्पादन नहुँदासम्म कम्पनीले यो कण्डमका केही नमूनाहरुलाई विभिन्न बार तथा रेष्टुरेन्टमा आउने जोडीहरुलाई निःशुल्क रुपमा बाँड्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार