मुटु छुने एक तस्विर,आफ्नो साइकलले किचेको चल्ला र पैसा बोकेर बालक अस्पतालमा

  Agency  216 पटक हेरिएको

एजेन्सी । साना-साना बालबालिकाहरूको सोच्ने तरिका देखि लिएर बानी ब्यहोरा सम्म एक वयस्क भन्दा धेरै फरक हुन्छ। बालबालिकाहरू साना-साना कुरामा दुखी हुन्छन् भने साना-सानामा खुसी।अहिले भारतका एक बालकले सामाजिक सञ्जालमा निकै र्चचा पाइरहेका छन् । उनको कामले धेरैलाई भावुक र चकित बनाएको छ । भारत मिजोरम राज्यका एक बालक सामाजिक सञ्जाल व्यापक भाइरल भइरहेको छ।

मिजोरम राज्यका एक बालकको साइकलले दुर्घटनाबस छिमेकीकाे कुखुराको एउटा चल्ला किच्यो । त्यसपछि जे भयो, त्यसले धेरै मानिसमा एकसाथ आश्चर्य, करुणा र मानवताको भाव पैदा गरायो ।

As per Reports: This young boy from Sairang, Mizoram, accidentally ran over his neighbour’s chicken. He took the chicken, ran to a nearby hospital and with all the money he had, asked for help.
(I’m laughing and crying all at the same time)

इन्डिया टाइम्स डटकमका अनुसार ती बालकले चलाएको साइकलले गल्तीबस छिमेकीको चल्ला किच्यो । त्यसपछि उनी आफूसँग भएको पैसा र चल्ला बोकेर तत्कालै नजिकैको अस्पतालमा पुगे ।

जब त्यो तस्बिर फेसबुकमा पोस्ट भयो लगत्तै हजारौले सेयर गरे, जसमा सयौ प्रतिक्रिया जनाइयो । याे समाचार तयार पारी सक्दासम्म उक्त तस्वीर ८२ हजार सेयर भएकाे छ । तस्बिर यतिखेर भारतका साथै धेरैतिर भाइरल बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार