कंसाकारमाथि कालोमोसो

  KTMreports  206 पटक हेरिएको

काठमाडौं ।
नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दलेको छ । कंसाकारलाई मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कंसाकारलाई कालोमोसो दलेको घटनाको जिम्मेवारी लिएको छ ।सो पार्टीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले कंसकारमाथि आफ्नै पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको स्वीकार गर्दै घटनाको जिम्मेवारी लिएका हुन् ।

‘वाइडबडी विमान खरिद प्रक्रियामा घोटाला र भ्रष्टाचारको कुरा आइरहेका बेला त्यसका विरुद्धमा आफ्नो पार्टी निकट युवा लिग नेपाल ३ नम्बर प्रदेशका युवाहरुले कंसकारलाई कालोमोसो दलेका हुन् ।

कंसकारमाथि शुक्रबार ४ बजे महाप्रबन्धक कंसकारको कार्यकक्षमै पुगेर कालोमोसो दलिएको सो पार्टीले जनाएको छ ।

यसरी दलियो कंसाकारमाथि कालोमोसो

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठन र ३ नम्बर प्रदेशका गरी करिब ९ जना निगमको गेटमा सँगै पुगेका थिए ।

तर निगमममा कार्यरत सेक्युरिटी गार्डले दुई जनालाई मात्र भित्र प्रवेश गराए । उनीहरुले भएको कालोमासो पनि सँगै लगे । एकछिन कंसाकारलाई भेटेर कुराकानी गरे ।

कुराकानीकै क्रममा लगत्तै उनीहरुले कुर्सीमा बसेका कंसाकारमाथि गेटबाट छिराएको कालोमोसो दलेर सेक्युरिटी गार्डलाई छलेर बाहिर निस्किए । उनीहरुले एकछिन नाराबाजी समेत गरेका थिए ।

नारा लगाउँदै निस्केर उनीहरु विभिन्न स्थानबाट कोही सुन्धारा, कोही गौशालातिर भागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार