मेलबर्न स्टार्सको लगातार दोस्रो जित

  KTMreports  199 पटक हेरिएको

2 Jan,Sydney

नेपाली सेलिब्रेटी क्रिकेटर सन्दिप लामिछानेले बिग बासको चौथो तथा अन्तिम खेलमा ३१ रन दिएर एक विकेट लिएका छन् ।मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चार रन दिएर कप्तान टोम कुपरको विकेट लिए ।

उनले कुपरलाई १० रनमा आउट गरे । उनले आफ्नो ब्यक्तिगत तेस्रो ओभरमा अरु सात रन दिए । चौथो तथा अन्तिम ओभरमा भने उनले नौ रन दिए ।

नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछाने बिग बासको चौथोमा एक विकेट लिदा समग्रमा विकेटसँग ८ पुर्याए । उनले चारै खेलमा लगातार चार वटा कप्तानको विकेट लिन सफल भए ।

मेलबर्न मैदानमा भएको डर्वी खेलमा सन्दिपले ३१ रनमा एक विकेट लिदा उनको सिकार कप्तान टम कुपर बने । सन्दिपले उनलाई १० रनमा बोल्ड गरे । उनले कप्तानलाई पेभेलियनको बाटो देखाएको यो पहिलो पटक भने होइन । सन्दिपले बिग बासको डेब्यु खेलमा सिड्नी थन्डर्सका कप्तान सेन वाट्सनलाई आउट गरेका थिए । विस्फोटक खेलाडी वाट्सनलाई सन्दिपले २२ रनमा पेभेलियनको बाटो देखाए । सो खेलमा सन्दिपले कुल दुई विकेट हात पारे ।

त्यसपछि लिगमा मेलबर्नको दोस्रो खेलमा सन्दिपले होबर्ट हुरीकेन्सका कप्तान म्याथ्यु वाडेको विकेट चट्काए । जसमा उनले वाडेलाई ५२ रनमा पेभेलियनको बाटो देखाए । यो खेलमा सन्दिपले कुल तीन विकेट हात पारे ।

त्यसपछि लिगको दशौं तथा सिड्नी सिक्सर्स विरुद्धको खेलमा पनि सन्दिपले टिमका कप्तान मोइसेस हेनरीक्सलाई मात्र नौ रनमा पेभेलियनको बाटो देखाए । यो खेलमा पनि सन्दिपले दुई विकेट लिए ।

लिगमा चौथो खेलमा सन्दिपले पहिलो ओभरमा ११ रन दिए । जसमा दुई चौका भएको थियो । तर दोस्रो ओभरमा सन्दिपले विकेट लिन सफल भए । उनले दोस्रो ओभरमा मात्र चार रन दिएर कप्तान टोम कुपरको विकेट लिए । उनले कुपरलाई १० रनमा आउट गरे । उनले आफ्नो ब्यक्तिगत तेस्रो ओभरमा अरु सात रन दिए । चौथो तथा अन्तिम ओभरमा भने उनले नौ रन दिए ।
सन्दिप मेल्बर्न स्टार्स संग खेल्दै गर्दा अष्ट्रेलियाबासी नेपाली समुदायको पहिचानलाई समेत उनले फराकिलो बनाउन सफल भएका छन् । भने,नेपाली मात्र नभएर अंग्रेजी समुदाय बिच पनि प्रिय बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार