‘शाेक सन्देश’ हुनुपर्नेमा ‘बधाई’

  KTMreports  507 पटक हेरिएको

काठमाडाैं – परराष्ट्र मन्त्रालयले जारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले इण्डोनेसियाका राष्ट्रपतिलाई शोक सन्देश पठाएको भन्ने विज्ञप्तिमा गम्भीर त्रुटि फेला परेको छ ।

अंग्रेजी भाषामा पठाइएको दुई अनुच्छेदको विज्ञप्तिको पहिलो अनुच्छेदमा राष्ट्रपतिले इण्डोनेसियाका दुई प्रान्तमा सुनामीका कारण धनजनको क्षति भएकोमा त्यहाँका राष्ट्रपति जोको विडोडोलाइ बधाई सन्देश पठाएको भन्ने ब्यहोरा उल्लेख गरिएको छ ।

सबै सञ्चारमाध्यमहरुमा पठाइएको विज्ञप्तिको भाषाका बारेमा सामाजिक सञ्जालमा थुप्रै आलाेचना भएका थिए ।

यसरी सामाजिक सञ्जालमा विज्ञप्तिको फोटोसहित आलाेचना र चर्चा परिचर्चा हुन थालेपछि मन्त्रालयले विज्ञप्ति सच्याएर पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार