दृष्टिकोण: अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम लक्की शेर्पा प्रकरण र नया राजदुत

  KTMreports  293 पटक हेरिएको

-मदन राज सिग्देल
शनिबार २२, डिसेम्बर, सिड्नी

अष्ट्रेलियाका लागि नेपाली राजदुत महामहिम लक्की शेर्पा माथी उनकै (पुर्व)चालक वाङ्छु शेर्पाले लगाएको आरोप प्रकरण अझै तातै छ, सेलाइसकेको छैन। राफिलो बन्दै गरेको अष्ट्रेलिया को परिवर्तित मौसम संगै यहाँको नेपाली समाजलाई पनि गर्माएको छ एकाएक, यो आरोप प्रकरणले। यस सम्बन्धमा प्रवासमा क्रीयाशिल केही राजनीतिक दलका संगठनले प्रेस बिज्ञप्ति निकालेर राजदुत माथी लागेको आरोपको सत्यतथ्य छानवीन गर्न नेपाल सरकार संग गरेको माग बाहेक सतहमा थप अरु केही कतै देखिएको छैन। अष्ट्रेलियामा नेपाली समुदायका प्रायः नेता ले यस बिषयमा असाधारण मौनता साँधेका छन्। सायद, मुलुकको आधिकारिक प्रतिनिधि माथी पुष्टि नभइसकेको फगत आरोपको बिषयमा उनिहरुले बोलिहाल्न हतार नगरि संयमता अपनाएका पनि हुन सक्छन्। तर, जसको हैसियत मात्रै केवल एक थान हरियो राहदानी बोकेको नवप्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी को हो, उसले यसमा खुट्टो घुमाउन खोज्नु एउटा मीठो दुस्साहस हुन सक्छ।

लक्की शेर्पा( कुटनितिक क्षेत्रका लागि यो नयाँ नाम मानिन्थ्यो, मात्रै केही बर्ष पहिले तर छोटो समयमै कुटनितिक मर्यादाभित्र शान, मान र प्रतिष्ठा कमाउन सफल थोरै मध्य कि एक राजदुत हुन् शेर्पा। सन् २००१ मा त्रिभुवन बिश्वबिद्धालय पाटन क्याम्पस को संकाय प्रथम बनेर अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ४३ बर्षिय राजदुत शेर्पा कहिल्यै दलगत संगठित राजनीतिमा थिइनन्, २०६४ अघि। संगठित सदस्य नै नरही बि।सं।२०६४ चैत २८ गते सम्पन्न पहिलो संविधान सभाको चुनाव पश्चात् तत्कालीन नेकपा एमाले को तर्फबाट समानुपातिक सांसद बनेकी शेर्पा, तत् संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिमा सदस्य का रूपमा समेत क्रीयाशिल थिइन्। दोश्रो संविधानसभा चुनावको पुर्वसन्ध्यामा पार्टी परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेकी उनी, उक्त दलको कम सिट आएका कारण सभासद बन्न भने पाइनन्। तर, उनलाई भाग्यले साथ दियो र राजदूत पद दिलायो, माओवादी पार्टीको कोटा बाट उनी अष्ट्रेलियाका लागि राजदूत सिफारिस भइन र बनिन नेपाल सरकार द्वारा राजदुत सिफारिस हुने पहिलो जनजाती महिला। नाम जस्तै सधैं लक्की सावित हुँदै आएकी शेर्पालाई अहिले भने अचानक अनलक लागेको छ, एकाएक उनकै चालकले पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएको र मानव बेचबिखनमा संग्लन रहेको आरोप लगाएका कारण अचानक विवादमा परे संगै।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले जवाफका लागि भन्दै शेर्पालाई बोलाएपछी आफुमाथी लागेको आरोपको खण्डन गर्दै जवाफ दिन भन्दै हाल उनि नेपालमा छिन्। क्यानवेरा स्थित नेपाली राजदुतावास अहिले कार्यबाहक राजदुत द्रुपदा सापकोटाको नेतृत्वमा छ। अष्ट्रेलिया राजदुतावास, परराष्ट्र मन्त्रालयको दक्षिण पुर्व तथा प्रशान्त महाशाखा अन्तर्गत पर्दछ। यता, राजदुतावासले पनि चालक वाङ्छु शेर्पा माथी आरोप नलगाएको होइन। निकै बदमास रहेको भनिएका उनले बहुमुल्य गहना चोरेर भागेको र अष्ट्रेलियामा स्थायी बसोबासका लागि विभिन्न बहाना बनाउदै झुठा आरोप लगाएको, राजदुतावासको दावी छ। दुई वटा मात्रै गाडी रहेका अष्ट्रेलिया स्थित नेपाली राजदुतावासमा कार्यरत पुर्व चालकको आरोपले राजदुत माथी नैतिक संकट परेको त छ नै। तर, अचम्म के छ भने आरोप पुष्टि हुने आधार र र प्रमाणका बारे पनि अन्यौल नै अन्यौल ब्याप्त छ।

आजसम्म दुवै तर्फ बाट एकोहोरो आरोप मात्रै चलिराखेको छ। आरोप लगाउने चालक वाङ्छु शेर्पाको एउटै रटान छ, ूपैसा बुझाएर अष्ट्रेलिया आएको१ू र, कुटनितिक प्रतिरक्षा ९म्ष्उयिmबतष्अ क्ष्mmगलष्तथ० का कारण राजदुत माथी कुनै कार्वाही चल्न नसकेको भनेर। चालक वाङ्छु शेर्पाले आफ्नो आरोपको पुष्ट्याईँका लागि केही हस्ताक्षर नभएको कागज र फेसबुक म्यासेजहरु प्रमाणका रुपमा रहेको बताउछन्। उनले प्रमाण भनेको कागजी तमसुक मा ६४ लाख रुपैयाँ ४ बर्षमा राजदुतका श्रीमानलाई तिर्नुपर्ने देखिन्छ। तर, त्यहा राजदुतका पतिको हस्ताक्षर भने छैन। हुन त, मनि, मसल र पावरले पद हडप्ने प्रवृत्ती र त्यो पदको उन्मादले मान्छेहरु देखिँदा र तौलिदा बिचको भेद असाधारण बन्दै जान थालेको छ।
आफ्नै चालकलाई पैसा लिएर अष्ट्रेलिया ल्याएको र मानव बेचबिखन मा संग्लन भएको भन्नेजस्तो आरोप गम्भीर भएकाले नेपाल सरकारले यसलाई गम्भीरतापुर्वक चासो राखेर तुरुन्त छानविन तथा अनुसन्धान गर्नुपर्ने र यथार्थ बाहिर ल्याउनु अत्यावश्यक देखिएको छ। राजदूत भनेको मुलुकको आधिकारिक प्रतिनिधि हो, जसको आचरणले सारा देश र देशवासीलाई नै असर पर्छ। सकेसम्म राजदूतमाथि लागेका आरोप झुटो प्रमाणित होस् भन्ने चाहना हुनु अस्वभाविक होईन। तर, आरोप लागिसकेपछि त्यसको निर्क्यौल त गर्ने पर्ने हुन्छ।यसर्थ, छिटोभन्दा छिटो छानबिन गरेर नेपाल र नेपालीको छवि उस्तै राख्नुपर्ने आवाज दह्रो बन्दै गएको छ।

नया राजदुत
बिना आधार र प्रमाण, महामहिम राजदुत माथी कोहि अमुक ब्यक्तिले केही भन्दैमा बदनाम गरिहाल्न र उसलाई फिर्ता बोलाइहाल्न हतारो गर्नु उपयुक्त हुदैन। यथाशीघ्र अनुसन्धानको प्रक्रिया थालिनुपर्छ र यदि दोषी देखिए कारवाहीको भागिदार बनाइनुपर्छ। सत्य सधैं लुक्दैन नै१ दलगत कोटामा सिफारिस भएका राजदुतहरुको कार्यक्षमता माथी पटकपटक प्रश्न चिन्ह उठ्ने गरेको हो। तर, नेपाल सरकार बाट सिफारिस हुने पहिलो जनजाती महिला राजदूत बन्ने सौभाग्य पाएकी लक्की शेर्पा यस बिषयमा पनि लक्की नै रहिन। राजदुत बनेदेखी उनले चर्को गरि आरोपको सामना गर्नुपरेको यो सम्भवतस् पहिलो नजिर हो।

अष्ट्रेलियाका लागि आवसिय राजदुत रहेर पनि, न्युजिल्यान्ड र फिजि को पनि गैर(आवसिय राजदुत रहेर उनले जिम्मेवार पुर्वक ढंगले तीन देशको मामिला हेर्दै आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेकै छिन, अहिलेसम्म उनको कुटनैतिक सक्रियता साच्चै प्रशंसायोग्य छ पनि। राजदुत शेर्पा कै सक्रियतामा, नेपाली राजदुतावासको आफ्नै भवन बन्ने प्रक्रिया अघि बढेर त्यसका लागि राजदुतावासले जग्गा समेत खरिद गरिसकेको बताइन्छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया सरकारको आर्थिक आर्जनको श्रोतहरु मध्यको एक उत्कृष्ट श्रोत हुन्। त्यसमा पनि, अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा संख्याका हिसाबले नेपाली विद्यार्थीहरु तेस्रो नम्बरमा आउछन्, जसको सोझो अर्थ हो अष्ट्रेलियाको राष्ट्रिय ढुकुटीमा नेपाली विद्यार्थीहरुको योगदान पनि उल्लेख्य रहेको छ। तर, अरु अन्तराष्ट्रीय विद्यार्थीहरुको दाँजोमा नेपाली विद्यार्थीहरुले निकै कम अवसर पाएका हुन्छन्। यसलाई चिर्न सक्नु एउटा राजदुतको कर्तब्य हो। त्यस्तै, सुमधुर कुटनितिक सम्बन्ध कायम गर्दै पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र सुब्यबस्था, वैदेशिक लगानी आकर्षण लगायतका कुराहरुमा पनि कुटनितिक मर्यादाको पालना गर्दै त्यसमा भुमिका खेल्न सक्नुपर्छ।

पछिल्ला केही राजदुतहरुको नियुक्ति सरसर्ती हेर्दा सरकार, अन्तर्राष्ट्रिय दौत्य सम्बन्धहरुका बिषयमा गम्भीर देखिन्छ। योग्य मानिसलाई सहि ठाउूँ अर्थात बल २ च्ष्नजत एबिअभ लाई अंगिकार गरेको बुझ्न सकिन्छ, राजदुत सिफारिसका सम्बन्धमा। यस प्रकरणमा पनि ूक्विक रेस्पोन्सू देखाएको सरकार, राजदुत माथी को यो गम्भीर आरोप माथी पनि अनुसन्धान गरि सत्य उजागर गरोस्। सत्य सधैं सत्य नै हुन्छ र झुठ लामो समय टिक्दैन नै, त्यसकारण छिटोभन्दा छिटो यस बिषयलाई टुङ्ग्याउनु बुद्धिमानी हुने देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार