आङ्काजीको कुर्लाई,साकेलामा मुख्यमन्त्री शेरधन राईलाई बोलाएर गाई काट्ने धम्की

  KTMreports  383 पटक हेरिएको

काठमाडौं, नेपाल आदिवासी जनजाती महासंघ का पुर्व महासचिव आङ्काजी शेर्पाले किरातीहरुको महान पर्व साकेला चासाेक तड०नाम मा प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा गाइ काटेर मनाउने घोषणा गरेका छन् ।

धर्मनिरपेक्ष नेपालमा संस्कृतिलाई पुन जीवित गराउने हाम्राे अभियान भन्दै नेता शेर्पाले साकेला तड०नाम मा गृह मन्त्रि राम बहादुर थापा बादल प्रदेश ३ को उपसभामुख राधिका तामांग को बिशेष आतिथ्यमा सो कार्यक्रम आयोजना गर्ने बताएका छन् ।

पितृहरूकाे सम्मानमा “ गाेरू “ चढाउनु पर्छ ! सबैलाई गाेरूकाे सुकुटी र माेमाे खुवाउनु पर्छ भन्दै फोरम नेपाल का नेता समेत रहेको शेर्पाले सवैलाई त्यसमा सहयोग गर्न आह्वान गरेका छन् ।

किरात समुदायहरु को सास्कृतिक पितृ पुजा अर्थात घर पुजा गर्दा गाई गोरुको टाउको राखेर पुज्नु पर्ने अनिवार्य रिति छ तर राज्य ले गाई गोरु काटेमा जेल हाल्ने कानुन बनाएर सास्कृतिक अतिक्रमण गर्यो भन्दै आदिवासी समुदाय आक्रोसित भैरहेको सामाजिक संजालमा देख्न सकिन्छ । संगै यतिवेला उपसभामुख राधिका तामांग ले पनि गाई गोरु काट्न पाउनु पर्छ भनेर ऐन परिवर्तन को निम्ति आवाज उठाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार