कालीप्रसाद बाँस्कोटालाई चोरीको आरोप

  KTMreports  108 पटक हेरिएको

काठमाण्डौ,
नेपाली सांगीतीक जगतमा सफल संगीतकारको रूपमा दरिएका कालीप्रसाद बास्कोटा गीत चोरीको विवादमा तानिएका छन् । प्रदर्शनको तयारीमा रहेको डमरुको डण्डीबियोमा समावेश गरिएको तितेपाती तितेपाती झ्यापझ्याप बोलको गीत आफ्नो भएको अर्का गायक प्रकाश पौडेलको दाबीसँगै बास्कोटा गीत चोरीको विवादमा तानिएका हुन् ।‘नाई मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत गाएर चर्चामा आएका पौडेलले सो बोलको गीत आफ्नो २०५८ सालको एल्बममा रहेको दाबी गरेका हुन् । प्रायः खेल प्रतियोगितामा दर्शकहरुले यो शब्द हुटिङको बेलामा प्रयोग गर्ने गरेका छन् ।

विवादमा तानिएका फिल्मी गीत
–तितेपाती तितेपानी
फिल्म डमरुको डन्डिबियो
–उकालीमा अघिअघि
फिल्म कृ –नाइलनको साडीमा र झ्याम्मझ्याम्म
फिल्म छक्कापञ्जा २
पछिल्लो समय गीतको लय र शब्द चोरीको विवाद खुबै बढ्न थालेको छ । चलचित्र ‘कृ’ मा समावेश ‘उकालीमा अघि–अघि’ बोलको गीत विनाअनुमती प्रयोग गरेको विवाद प्रहरी कार्यालयमै पुगिसकेको छ । चलचित्र सम्झनामा समावेश सो बोलको गीत अनुमति नै नलिई आफ्नो चलचित्रमा प्रयोग गरेको भन्दै त्यसका निर्देशक शम्भु प्रधान न्याय माग्दै प्रहरी कार्यालयमा पुगेका थिए । अहिले यो प्रकरण अनुसन्धानमै छ ।

छक्कापञ्जा २ मा समावेश ‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतसमेत विवादमा तानिएको थियो । पुरानो लोकगीत स्रष्टासँग अनुमति नै नलिई प्रयोग गरेपछि विवाद भएको थियो । आफ्नो हजुरबुबा कान्छा मगर नेपालीको गीत अनुमति नै नलिई फिल्ममा प्रयोग गरेको भन्दै प्रिन्स नेपालीले दाबी गरेका थिए । उनले मौखिक दाबी मात्रै गरेनन् गीतको पुरानो भर्सनसमेत सार्वजनिक गरेका थिए ।

अर्को फिल्मको गीतसँग बिट मिलेको भन्दै छक्कापञ्जा–२ को ‘झ्याम्म झ्याम्म’बोलको गीत समेत विवादमा तानिएको थियो । फिल्म देवर बाबुको ‘बास्ना मिठो कस्तुरी’को बोलको गीतको बिटसँग यसको बिट मिलेको दाबी गरिएको थियो । तर पछि यो विवाद त्यसै सेलायो ।

फिल्मको मात्रै हैन, अन्य गीत पनि बेलाबेलामा विवादमा तानिने गरेको छ । आफूले गाएको गीतको अनुमति नै नलिई अर्को गायकलाई गाउन दिएको विवादमा परेका थिए गायक यशकुमार । आरोप लगाएका थिए बाबु बोगटीले ।

गायक रामप्रसाद खनाल र मञ्जु पौडेलले गाएको ‘लालुमाई’ भाकाको गीत चोरी गरेको आरोप लगाएका थिए संगीतकार तथा गीत संकलक रमेश विजीले । अनुमति नै नलिई गीत गाएको भन्दै गायक तथा संगीतकार गंगा बरदान बिपुल क्षेत्रीसँग रुष्ट भएका थिए । क्षेत्रीले उनको ‘कहाँमा काट्यो’बोलको गीत अनुमति नै नलिई गाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार