यस्तो छ ‘टावर र पाईलट’बिचको अन्तिम संबाद (अडियो)

  केटिएम रिपोर्टस्  83 पटक हेरिएको

काठमाण्डौ ।
सोमबार दिउसो २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा बंगलादेशको बिमान युएस-बंगला एयरको ८ क्यु ४०० नम्बरको एयरक्राफ्ट दुर्घटनामा ४९ जनाले ज्यान गुमाएका छन् ।बिमान अबतरण गर्ने क्रममा धावनमार्ग भन्दा बाहिर गएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान गरिएको छ । ७० जनाको कुल क्षमता भएको बिमानमा ६७ यात्रु सहित ४ चालक दलका सदस्य रहेका थिए ।

यसै बिच कसैले पाईलटको कमजोरी भनेका छन् भने केहिले पाईलट र टावर बिचको असमझदारी संबादको कारण घटना घटेको अनुमान गर्न थालेका छन् । यसै बिच टावर र पाईलट संगको संबाद सार्बजनिक भएको छ ।

विमान चालकले “म फोर्स ल्याण्डिङ गर्दैछु” मात्र भनेको भए पनि धेरैजनाको ज्यान बच्ने देखिन्छ । यद्दपी पाईलटले विमान वस्तीमा झर्नबाट जोगाएको देखिन्छ भने अर्को तर्फ रनवे तर्फ नै घटना घटेको भए पनि अन्य बिमानमा समेत आगो लाग्ने र बिमान स्थलमा ठुलो क्षती पुग्ने देखिन्छ । तर,कस्को के कारण घटना घट्यो यस्को औपचारिक जानकारी भने आएको छैन ।

यस्तो छ संवादः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार