अपडेट ! बिमान दुर्घटनामा ४७ को ज्यान गयो,अस्पतालमा आफन्तको रुवाबासी, शव डढेको अवस्थामा

अधिकांस ट्राभल एजेन्सीका कर्मचारी

  केटिएम रिपोर्टस्  342 पटक हेरिएको

काठमाण्डौ ।

दिउसो २ बजेर ३० मिनेट बजे अघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा बंगलादेशको बिमान युएस-बंगला एयरको ८ क्यु ४०० नम्बरको एयरक्राफ्ट दुर्घटना भएको छ । बिमान पुर्णरुपमा नस्ट भएको छ । बिमान अबतरण गर्ने क्रममा धावनमार्ग भन्दा बाहिर गएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान गरिएको छ । ७० जनाको कुल क्षमता भएको बिमानमा ६७ यात्रु सहित ४ चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।अस्पतालमा आफन्तको रुवाबासी
विमान दुर्घटनामा परेका ३० यात्रुहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ ।

अस्पताल लगिएकामध्ये ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । बाँकी २२ जनाको उपचार भइरहेको छ ।

अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।मृतकको संख्या ४८ पुग्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए । विमानबाट निकालिएका शवहरूलाई प्लाष्टिकमा बेरेर राखिएको छ । शवहरू डढेको अवस्थामा रहेको तस्बिरहरूमा देख्न सकिन्छ ।

काठमाडौँमा जहाज दुर्घटना भएपछि नेपाली आकाश यस्तो देखियो

सोमबार दिउँसो २ बजेर २० मिनेटमा बंगलादेशको ढाकाबाट आएको यूएस बंगलाको जहाज रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । जहाज दुर्घटनापछि त्रिभुवन बिमानस्थल पूर्णरुपमा बन्द भएको छ भने नेपाल आउने जहाजहरुलाई कलकत्ता र दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।स्याटलाइटबाट हेर्दा नेपाली आकाश रित्तो देखिएको छ । कुनै पनि स्वदेशी तथा विदेशी उडान हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार