बिमान दुर्घटनामा दर्जनौको निधन

  केटिएम रिपोर्टस्  245 पटक हेरिएको

काठमाण्डौ ।
बंगलादेशको राजधानी ढाका बाट उडेको बिमान दिउसो २ बजेर ३० मिनेट बजे अघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा बंगलादेशको बिमान युस-बंगला एयरको ८ क्यु ४०० नम्बरको एयरक्राफ्ट दुर्घटना भएको छ । बिमान पुर्णरुपमा नस्ट भएको छ । बिमान अबतरण गर्ने क्रममा धबनमार्ग भन्दा बाहिर गएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान गरिएको छ । ७० जनाको कुल क्षमता भएको बिमानमा ६७ यात्रु सहित ४ चालक दलका सदस्य रहेका थिए ।१ महिला चालिका रहेको पनि बुझिएको छ । महिला चालिका सहित दुई दर्जन भन्दा बढीको निधन भएको खबर छ । यद्दपी प्रारम्भिक अनुसन्धान अनुसार ठुलो संख्यामा यात्रुहरुको निधन भएको अनुमान लगाईएको छ । अहिले सम्म बिमान बाट १७ जनाको उद्दार गरिएको छ । उद्दार गरिएकाहरुको केएमसी अस्पताल र नर्भिक अस्पतालमा उपचार गरिएको छ ।दुर्घटना स्थलमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली,बंगलादेशी राजदुत तथा अधिकारी र उर्जामन्त्री लगायतका अधिकारीहरु बिमान दुर्घटना स्थलमा पुगेका छन् । बिमान भित्र बाट शबहरु निकाल्ने क्रम जारी छ । अहिले बिमान स्थल पुर्पण रुपमा बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार