साईकलमन्त्रीको यस्तो आक्रोस!

  KTMreports  89 पटक हेरिएको

काठमाण्डौ ।
साईकिलमन्त्रीको उपमाले चिनिएका लालबाबु पण्डित अहिले जनसंख्या तथा वातावरण मन्त्री भएका छन् । अहिले उनले
छोटा लुगा लगाउने युबतीको होईन बाटोमा कुकुरलाई दिशापिसाब गराउनेको फोटो पत्रिकामा छाप्नुपर्ने भन्दै आक्रोस व्यक्त गरेका छन् ।खुलादिसामुक्त क्षेत्र भनेर ठाउँ ठाँउमा बोर्डराख्ने अनि कुकुर डोर्‍याएर सार्बजनिक ठाउमा दिसा गराउदै हिड्ने नेपालीलाई बिकास चाहिएको छ । के मानिसको दिसा भन्दा कुकूरको दिसा उत्कृस्ट हो ? उनले प्रश्न गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित रौतहट टाईम्स साप्ताहिकको कार्यक्रमा पण्डीतले सो कुरा भनेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालेका पण्डीत मन्त्रालय टुक्रियपछि अहिले अलमलमा छन् ।

एक बर्षभित्र काठमाडौं लगायतका शहरको वातावरणमा उल्लेख्य सुधार गरेर मास्क लगाउनु नपर्ने अवस्था सृजन गर्ने बताएका पण्डीतले अहिलेकै कानुनलाई कार्यान्वयन गरेर नियम मिच्नेलाई नछोड्ने अडान दोहो¥याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार