कर नतिरी गाडी उम्काउन खोज्दै बुद्द लामा

  KTMreports  80 पटक हेरिएको

काठमाण्डौ ।
नेपाल आईडल विजेता बुद्द लामाले घोषित पुरस्कार नपाएको गुनासो गरेका छन् । नेपाल आइडल विजेता लामाले घोषित पुरस्कार महिन्द्राको केयुभी १०० कार नपाएको गुनासो गरेका हुन् । गत असोजमा सम्पन्न पहिलो नेपाल आइडल विजेता बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभीको कार पाएका थिए ।आयोजक एपिवान टिभिले घोषणा गरे अनुसार आफुले पाउनु पर्ने कार नपाएको भन्दै बुद्द यतिबेला मिडिया सामु हार गुहार गर्दै हिडिरहेका छन् । तर,आयोजकले भने पुरस्कार बापतको कारको कर तिरेर गाडी लैजान अनुरोध गरेको छ ।

उता बुद्द कर नतिरी गाडी उम्काउने दाउमा छन् । यस्तो ख्याती कमाईसकेका बुद्दले बुझ्नुपर्थो कि विश्वभर पुरस्कार बापतको कर बिजेताले नै तिर्नुपर्छ भन्ने कुरा । तर,उनी बच्चा-बच्चीको झै कुरा गर्दै गाडी नपाएको भन्दै रुदै हिड्नु जायज देखिदैन ।

बिजेता स्वरुप उनले १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका थिए । उनले नगद २० लाख त पाए तर कार भने अझै नपाएको गुनासो गरेका छन् । पुरस्कार बापत दिईने भनेको गाडी आइडल कार्यक्रम आयोजकले अझैसम्म आफुलाई उपलब्ध नगराएको गुनासो गरेका हुन् ।

उनले एउटा अडियो सन्देशमार्फत कार नपाएको खुलाशा गरेका हुन् । जुन सन्देश सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ ।

अडियोमा उनले भनेका छन्, ‘आठ महिना भैसक्यो धाउदा धाउदै कति दुख पाइसकें अझै कति धाउनु ? गाडी लैजाने हो भने ट्याक्स बापतको आठलाख रुपैयाँ लिएर आउनु गाडी लैजानु भन्छन् र घरमा एक रुपैयाँ छैन मैले कहाबाट ल्याउनु त्यत्रो पैसा ? ल मेरो यो समस्या कसरि बाहिर ल्याउन सकिन्छ गरिदिनु पर्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार