सिड्नी टावरबाट खसेर एकको मृत्यु

  KTMreports  42 पटक हेरिएको

सिड्नी ।
सिड्नीको अति ब्यस्त त परिचित टाउनहल स्थित वेष्टफिल्डमा रहेको सिड्नी टावर पर्यटकका लागि पहिलो रोजाई बन्ने गरेको छ । सिड्नीको रमणिय दृष्य हेर्नका लागि प्राय मानिसहरु सिड्नी टावर चढ्न मोहित हुन्छन् । केहि फुड संगै दृष्य अबलोकनमा रमाउने गर्छन् ।सिड्नी टावरमा खासै घटना घटेको सुनिदैन तर,बिहिबार टावर बाट खसेर एक ब्यक्तिको निधन भएको छ । दिउँसो करिब पौने तीन बजे उक्त दुर्घटना भएको स्थानीय मिडियाले जनाएका छन् । तर, प्रहरीले घटनालाई दुर्घटना वा आत्महत्या भन्ने बारे अनुसन्धान जारी राखेको बताएको छ ।घटना बारे प्रत्यक्षदर्शीहरुले पनि आत्महत्याको प्रकृति पनि भन्न सकिरहेका छैनन् भने दुर्घटनाकै रुपमा पनि भन्न सकिरहेका छैनन् । अकस्तमात मान्छे खसेको हुनाले पनि सहज अनुमान लगाउन सकिएको छैन ।

उक्त घटना भएको बेला सिड्नी टावरमा सयौंको संख्यामा पर्यटकहरु थिए । टावर १९ तल्लाको करिब तीन सय मिटर अग्लो छ । घटनापछि टावरमा चढ्न बन्द गरिएको थियो तर,केहि घण्टापछि सो क्षेत्र सामान्य रुपमा चलिरहेको छ ।\\

सन् २००१ देखि वेष्टफिल्ड ग्रुपले ब्यबस्थापन गर्दै आएको टावरको २ सय ६८ मिटर माथिबाट चारै दिशामा हिंड्न सक्ने गरी स्काई वाक सुविधा उपलब्ध छ ।

Photo : first Media (news ) / second : google

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार