सिड्नीमा ईभेन्ट गरेर पार्क सफा नगरेपछि नेपालीकै बेईज्त

  केटिएम रिपोर्टस्  67 पटक हेरिएको

सिड्नी ।
नेपाली समुदायका बिच अष्ट्रेलिया मध्ये सर्बाधिक धेरै र ठुला ईभेन्ट हुने सिड्नीमा हुने गरेका छन् । जनसंख्या र ब्यापारका हिसाबले पनि सिड्नीमा नेपाली समुदायको गतिबिधि सक्रिय हुने गरेका छन् ।सिड्नी मात्र नभएर देशैभर नेपालीलाई राम्रो र मेहनती कामदार तथा सरल आम नागरिकका रुपमा बिदेशी समुदायले समेत नेपालीलाई चिन्ने गरेको छ ।

सिड्नीमा हरेक साता सामान्य रुपमा पनि दुई तिन वटा ईभेन्टहरु हुने गरेका छन् । चाडपर्ब अनुसार पार्कमा ठुला ईभेन्टहरु पनि हुने क्रम दिन प्रतिदिन बढ्दो छ ।

केहि बर्ष देखि पार्कमा खुल्ला ईभेन्ट हुन थालेका छन् । गत बर्ष देखी पार्कमा होली मेला समेत आयोजना हुन थालेको छ । यसै बर्ष एकै स्थानमा एकै प्रकृति र एकै शिर्षकमा दुई ठुला होली मेला सम्पन्न भईसकेका छन् ।

गत फ्रेब्रुअरी २५ तारिख नेपाल ईस्कड ईन्टरटेन्मेन्ट र मार्च ३ मा कमेरो ईभेन्ट नामक कम्पनीले होली मेला गरेको थियो । रकडेलको बाईसेन्टिनियल पार्कमा भव्य रुपमा सम्पन्न दोस्रो होली मेला पछि अहिले नेपाली समुदायलाई नै ‘ सो कल्ड पिक’को रुपमा स्थानीय नागरिक र मिडियाले सम्बोधन गरेको छ ।

होली मेला सकिएको भोलीपल्ट अर्थात् ४ मार्चको बिहान स्थानीय एक आफ्नो छोरीको जन्मदिनका अबसरमा पार्कमा घुमाउन लग्दा पार्कमा चारै तिर फोहोर देखेर अच्म्मित परेको भन्दै फोहोर पार्कको फोटो सामाजिक संजालमा पोष्ट गरेपछि काउन्सिलको ध्यान खिचेको स्थानीय अनलाईन मिडियाले जनाएको छ ।

उक्त किसिमको फोटो र भिडियो नै सार्बजनिक भएपछि अहिले पार्कको फोहोर सम्बन्धी समचार भाईरल भैरहेको छ । तर,३ मार्चमा ईभेन्ट गरेको कमेरो ईभेन्टले पनि ईभेन्ट पछि पार्क सफा गरेको तस्बिर मंगलबार मात्र सार्बजनिक गरेको छ । बिरोध र समचार आईसकेपछि मात्र कमेरोले सफा गरेको तस्विर पोष्ट गरेको देखिन्छ ।

पार्कमा मात्र होईन ईनडोर ईभेन्ट पछि पनि आयोजकले नै सफा गर्नु पर्ने हुन्छ यदी सफा नगरेमा या सफा नभएको खण्डमा सम्बन्धित संस्थाले सफाई बापतको जरिवाना तिर्ने,तिराउने नियम छ ।

उक्त किसिमको समचार पछि बे साईड काउन्सिलले सो पार्कमा फोहोरी प्रकृतिका कार्यक्रम गर्न नदिने जनाइसकेको छ । घटनापछि काउन्सिलका मेयर बिल साराभिनोस्किले पार्कलाई फोहोर फाल्ने खाल्डो बनाएको भन्दै आक्रोस समेत पोखेको स्थानीय अनलाईनले लेखेका छन् ।

यस्तै काउन्सिलले ईभेन्ट कम्पनीलाई कार्बाहीका लागि पत्राचार समेत गरिसकेको बुझिएको छ । यसबारे कमेरो ईभेन्टका सुरज सुबेदी संग बुझ्दा खोज्दा मेसेन्जर कल रेस्पोन्स गरेनन् ।

यस घटनाको नेपाली समुदाय आफैले समेत खण्डन गरेको छ । अब सो पार्क नेपाली ईभेन्टका काउन्सिलले नदिन समेत सक्ने संकेत देखा परेको छ । यो घटनाले ईभेन्ट गर्नेहरुमा समेत ईभेन्ट पछि सफाई गर्नुपर्छ भन्नेमा ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार