एक लाख रूपैयाँकाे लाेभमा रबिनकाे ‘हत्या’

  KTMreports  74 पटक हेरिएको

काठमाण्डौ ।

झापा मेचीनगरका रबिन खवास भुजेलकाे काठमाडाैंमा हत्या भएकाे अांशका गरिएकाे छ। २६ वर्षीय रबिनकाे काठमाडाैंकाे सिटी सेन्टरकै पहिलाे तलामा शव भेटिएकाे हाे।रबिन कमलपाेखरीस्थित सिटी सेन्टरकाे चाैँथाे तलामा सुरक्षागार्डकाे जिम्मेवारीमा कार्यरत थिए। उनकाे शव शुक्रबार बिहान फेला परेकाे हाे। श्राेतका अनुसार शुक्रबार बिहान साढे ३ बजे उनकाे शव फेला गरेकाे हाे।

बिहीबार बेलुका ड्यूटीमा अाउँदा एक लाख रूपैयाँ पनि बाेकेर अाएका रबिनकाे बिहान शव भेटिनुले घटना शंकास्पद देखिएकाे छ।

श्राेतका अनुसार रबिनकाे शरीरमा छुरा प्रहार गरेको जस्ता चोटहरू देखिएका छन्। उनकाे शरीरमा निलडाम पनि देखिएकाे प्रत्यक्षदर्शीले जनाएका छन्।

यसैबीच, घटनामा संलग्न भएकाे अभियाेगमा प्रहरीले ४ जनालार्इ पक्राउ गरेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार