होलि खेल्दा घरको छतबाट खसेर बालकको मृत्यु

  KTMreports  79 पटक हेरिएको

पोखरा | पोखारामा होलि खेल्ने क्रममा घरको छतबाट खस्दा एक बालकको ज्यान गएको छ ।पोखरा लेखनाथ महानगरपालीका २ बिन्ध्यबासिनी ११ बर्षिया अविस्कार रेग्मीको घरको छतबाट खस्दा ज्यान गएको हो। उनि घरको छतबाट खस्दा गम्भीर घाइते भएका थिए। उपचारको लागी फिस्टेल अस्पताल लागिएको थियो।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उपचारको क्रममा उनको ज्यान गएको कास्की जिल्ला प्रहरी प्रवक्ता खडक बहादुर खत्रीले जानकारी दिए ।

kamananews

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार