बाहिरियो निशाको बेवी शोवर लुक्स

  केटिएम रिपोर्टस्  48 पटक हेरिएको

काठमाण्डौ ।
अभिनेत्री निशा अधिकारीले आफ्नो बेबी शोवर लुक्स सार्बजनिक गर्दै आईरहेकी छिन् । उनले केहि समय अघि देखि नै आफु गर्भवती भएको जनाउदै सो किसिमका तस्विर ईनस्टामा पोस्ट गर्दै आईरहेकी छिन् ।गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव समेत प्रस्तुत गरिरहेकी छिन् ।

सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न लागेका विषय सार्वजनिक गर्न हिचकिचाउँछन् । तर, निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी छिन् । यस समयका नयाँ– नयाँ तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै आएकी छन्।

निशाले गत जनवरी १ मा आफू आमा बन्न लागेको कुरा इन्स्टाग्राबाट सार्वजनिक नै गरेकी थिइन्। त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा रहेका दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी छिन् ।

यसै क्रममा निशाले सोमबार इन्स्टाग्राममा अर्को एक नयाँ तस्बिर सार्बजनिक गरेकी छन् । निशाले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गर्दै गर्भावस्थाको तस्विर सार्वजनिक गरेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार