अर्थमन्त्रीको आगमन संगै शेयर बजार उकालो लाग्ने संकेत

  केटिएम रिपोर्टस्  46 पटक हेरिएको

काठमाण्डौ ।
लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत गरेको धितोपत्र बजारका जानकारहरुले टिप्पणी गरेका छन् ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार आज ५.८६ बिन्दुले उकालो लागेर एक हजार ३६४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.५१ बिन्दुले उकालो लागेर २८९.१६ बिन्दुमा पुगेको छ ।

आज कूल १५३ कम्पनीको ११ लाख ५१ हजार ९६५ कित्ता शेयर रु ५५ करोड ६८ लाख ६० हजार ३५७ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक र कारोबार रकममा बढोत्तरी भए पनि उपसूचक भने केही घटेका छन् भने केही बढेका छन् । बैंकिङ ५.८६, होटल ३१.२६, फाइनान्स ३.०३, अन्य ११.९ र माइक्रोफाइनान्स ०.९८ बिन्दुले उकालो लागेको छ ।

यस्तै विकास बैंक ०.३७, जलविद्युत् १.१६, बीमा २.६२ र उत्पादन समूह १०.४१ बिन्दुले ओरालो लागेको छ । लगानीकर्तामा सरकार विस्तारपछि सामान्य रुपमा प्रभाव पर्दा बजार केही उकालो लागेको जानकारहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार