सिरिया हवाई आक्रमणमा पाँच सय बढीको ज्यान गयो

  KTMreports  260 पटक हेरिएको

काठमाण्डौ ।

कुनै वेलाको समृद्ध र सम्पन्न भनेर चिनिने मध्यपूर्वमा रहेको देश सिरिया यतिबेला खण्डहर बनेको छ। शक्तिशाली देशहरुको आ-आफ्ना स्वार्थ र देश भित्रका राजनीतिक शक्तिहरुको खिचातानीले सिरियामा गृहयुद्ध चलिरहेको छ भने विभिन्न देशहरुले आ-आफ्नो समूहलाई समर्थन गर्दैं सिरियामा हवाई आक्रमण गरिरहेका छन्।आन्तरिक र बाह्य द्धन्दले सिरियाको जनजीवन कस्टकर मात्र होइन देशै तहसनहस भईसकेको छ। लाखौं-लाख मानिसहरु शरणार्थी भएका छन्।

पछिल्लो एक सातादेखी विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा परेर पाँच सय भन्दा धेरैको ज्यान गएको छ। जसमा १५० भन्दा बढी बालबालिकाहरु मारिएका छन् र हजारौ घाईते भएका छन् । पाँच दिन देखी आक्रमण सुरु भए पनि आईतबार देखि मात्रै सामाजिक संजालमा आक्रमण बिरोध गरिएको छ ।

मानब अधिकारबाद संस्थाहरु समेत मौन बसेको भन्दै यतिबेला सामाजिक संजालमा विश्वका ठुला देसहरु, मानब अधिकार र बालबालिका सम्बद्द अन्तर्राष्ट्रिय संघ संस्थाको बिरोध भईरहेका छन् ।

अन्धाधुन्ध आक्रमणमा बालबालिका र वुद्धवृद्धा प्रत्यक्ष प्रभावित भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार