राजले ल्याए ‘रंग बिनाको होली’ (भिडियो)

  KTMreports  109 पटक हेरिएको

सिड्नी ।
सिड्नीमा लामो समय देखि गीत-संगितमा सक्रिय रहदै आएका गायक तथा ईभेन्ट आयोजक राज के ग्वस्वामीले होलीको पुर्ब सन्ध्यामा ‘रंग बिनाको होली’बोलको गीतको भिडियो सार्बजनिक गरेका छन् ।करिब डेढ वर्ष पछि उनले नयाँ गीत लिएर सार्बजनिक गरेका हुन् । उनले पछिल्लो समयमा ‘सार्बजनिक गरेका थिए ।

गीतले मानिसको जीवन आफैमा होली पर्वजस्तै रंगीन हुने तर अचानक आइपर्ने केही घटनाले त्यसको रंग खोसेर लैजाने भाव उनले अभिव्यक्त गरेको छ । सार्बजनिक भिडियोमा श्रीमानले आफ्नी श्रीमतीलाई अप्रत्यासित रुपमा गुमाएपछिको वियोग प्रस्तुत गरिएको छ । उसले आफ्नी श्रीमतीसँग विताएका रंगीन क्षणहरुलाई हरेक पल याद गर्छ ।’

शब्द संगीत र कम्पोजिसन सिड्नीमै रहेर सांगीतिक क्षेत्रमा सक्रिय किरण भण्डारीको रहेको यो गीत रिलिजको तयारीमा रहेको ग्वस्वामीको दोस्रो एल्बम कोसिस–२ मा समावेश गीत हो ।

नेपालमा ग्राफिक्स डिजाईनका रुपमा चिनिएका सान थापाले निर्देशन गरेको गीतमा अनिल थापा र सुरक्षा पन्तको अभिनय देख्न सकिन्छ ।

होलीको समयमा सिड्नीको बजार ताँतिएको छ । सिड्नीमा भोली(आईतबार) र आउदो शनिबार दुई ठुला खुल्ला होली मेला आयोजना हुने भएका छन् ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार