सिड्नीमा कान्छी लाग्दै

  केटिएम रिपोर्टस्  66 पटक हेरिएको

सिड्नी ।
पछिल्लो समय अष्ट्रेलियमा नेपाली चलचित्र प्रदर्शन हुने क्रमले ब्यापकता पाईरेहको छ । यसै महिना मात्रै सिड्नीमा चार सिनेमा प्रदर्शनमा आईसकेका छन् ।यसै क्रममा चलचित्र ‘कान्छी’ पनि सिड्नीमा प्रदर्शनमा आउने भएको हो । श्वेता खड्का निर्मित तथा अभिनित चलचित्र ‘कान्छी’यही आउदो शनिबार र आईतवार सिड्नीको ईभेन्ट सिनेमाजमा प्रदर्शन हुने भएको हो ।

‘चलचित्र कान्छी २४ फ्रेबुअरीमा सिड्नीको हर्सभिलको इभेन्ट सिनेमा र २५ फ्रेबुअरीमा बरउडको इभेन्ट सिनेमामा प्रदर्शन हुनेछ ।

श्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रको अष्ट्रेलियाको अधिकार किनेका गोबिन्द भण्डारीले सिड्नीमा चलचित्र मन पराउनेमा बिश्वास लिएका छन् ।चलचित्रका लागि २५ डलरको टिकट राखिएको छ ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि श्वेताको यो पहिलो चलचित्र हो । जस्ले नेपालमा औसतको ब्यापार गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार