घर किन्दा श्रीमती सित्तैमा

  KTMreports  145 पटक हेरिएको

एजेन्सी । घर किन्दा श्रीमती सित्तैमा भन्ने अफ तपाईले कहिल्यै सुन्नुभएको छ रु यदि सुन्नु भएको छैन भने यो खबर तपाईका लागी अचम्मको मात्रै नभई केही बेर सोच्न बाध्य बनाउने खबर बन्नेछ । प्रसंग हो इण्डोनेसियाको । इण्डोनेसिया यो अफर बिज्ञापन मार्फत बाहिर आएपछि अहिले हंगामा नै मच्चिएको छ ।
उक्त विज्ञापन इण्डोनेसियाका मिडिया लगायत इण्टरनेट हुँदै विश्वभरका सामाजिक संजालमा फैलिएपछि अहिले यो अफरले विबादित रुप समेत धारण गरेको छ ।

खासमा इण्डोनेसियाकी ४० वर्षे महिला विना लियाले आफ्नो घर नबिकेपछि बिक्रिका लागि विज्ञापन गरीन् र छिटोभन्दा छिटो बिक्री गर्नका लागी भन्दै आफ्नो घर किन्ने पुरुषले आफूलाई श्रीमतीको रुपमा पाउने घोषणासमेत गरेकी हुन् ।

यद्यपी बिज्ञापनको अन्त्यमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसँग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’ जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपैयाँ अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर रहेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार