अब नयाँ डिजाइनको अमेरिकी नागरिकता

  KTMreports  66 पटक हेरिएको

अमेरिकी,

अमेरिकी सरकारको युएससीआईएसले नयाँ डिजाइनको अमेरिकी नागरिकता जारी गर्ने भएको छ । अमेरिकी नागरिकता प्राप्त गर्ने आप्रवासी र अमेरिकामा जन्मिने दुबैका लागि नयाँ डिजाइनको नागरिकता जारी गर्न लागिएको हो ।जालसाजी रोक्ने सुरक्षा विशेषता र समृद्ध ग्राफिक्ससहित नयाँ डिजाइनको अमेरिकी नागरिकता जारी गर्न लागिएको युएससीआईएसले जनाएको छ । डिजाइन नयाँ भएपनि आवेदन दिने र प्राप्त गर्ने तरिका भने पुरानो नै हुनेछ ।

पहिले जारी भइसकेका अमेरिकी नागरिकताका प्रमाणपत्र भने अद्यावधिक नै रहनेछन् । तर कसैको नागरिकता हराएमा वा कुनै जानकारी सच्यानुपरेमा भने त्यस्तो व्यक्तिले नयाँ डिजाइनको नागरिकता प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार