उधारोमा उखु बेच्दै किसान, घट्दै उखु खोति

  इन्दिप कोइराला  75 पटक हेरिएको

बारा,
बारा जिल्लामा २ हजार ८ साह १० होटर जमिनमा उखु उत्पादन हुने अनुमान गरिएको छ । उखु उत्पादनमा प्रतिकट्ठा ४ हजार सम्म किसानको खर्च हुन आउँने तर उखुबाली राम्रोसँग फस्टाउँदा ८ देखि १० हजार सम्म आम्दानी हुने गरेको किसानको भनाइ छ तर उद्योगले समयमा रकम नदिँदा चौतर्फी मारमा किसान परेका छन् ।ऋण लिई उखु खेती गरेका अधिकांश किसानहरुले उखु काटेर कोरा, मकै, तोरी, मुसुरो बाली लगाउन थालेका छन् । मकै, तोरी, मुसुरो खेतीको सिजन सकिन लागेकाले किसानहरु उखुको मूल्य निर्धारण नभएपनि धमाधम उधारोमा विक्री गरीरहेका छन् । जसको प्रत्यक्ष फाईदा उखु मिल र बिचौलियाहरुलाई भैरहेको बर्दघाटका उखु किसान फाउँ प्रसाद चैलगाईले बताए ।

यस्तै उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको बाराका उखु किसान सुर्य बहादुर थापाले बताए । उनले गरुडाको चिनी उद्योगले ५ बर्ष अघि सम्मको भुक्तानि दिन बाँकी रहेकोे बताए । उखु मिलहरुले पनि किसानको मजबुरीको फाईदा उठाउँदै मूल्य निर्धारण नहुंदै उखु क्रसिङ्ग शुरु गरेका छन् । मिलहरुले किसानसँग गत वर्ष कायम गरिएको मूल्यमा उधारोमा उखु खरीद गरिरहेका छन् ।

यता बिचौलियाहरुले ठाउँठाउँमा अवैध उखु काँटा सञ्चालन गरी किसानहरुबाट सस्तोमा उखु खरीद गरी मिललाई नगदमा विक्री गरिरहेका छन् । बिचौलियाहरुले आफ्नो काँटामा किसानसँग उखु खरीद गरी मिललाई नगदमा विक्री गरिरहेका छन् । जसको प्रत्यक्ष घाटा किसानहरुले बेहोरीरहेको स्थानीय उखु किसान नानि सन्जेलले बताए ।

गरुडास्थित श्रीराम सुगर मिल उद्योगले गत ५ वर्ष सम्मको भुक्तानी किसानलाई दिन बाँकी रहेको किसानहरु बताईरहेका छन । गरुडाको उद्योग सञ्चालनमा आएपनि बेचेको उखुको मूल्य उद्योगले भुक्तानी गर्ला कि नगर्ला भन्ने आशंका कायम रहेको छ ।

उखु किसानको समस्या
चर्काे ब्याजमा ऋण लिएका उखु किसानहरु आफनो घरको व्यवहार मिलाउन बाध्य भई बिचौलियाहरुलाई सस्तो दरमा उखु विक्री गरिरहेका छन् । वर्षेनी उखुको उचित मूल्य निर्धारण नहुने र समयमा उखुको भुक्तानी जस्ता समस्या झेल्दै आएका किसानहरु यस वर्ष पनि मिल र बिचौलियाको चपेटामा परेका छन ।

घट्दै उखु खोति
सरकारले उखु किसानको पीडामा मल्हम लगाउन नसक्दा नेपालको नगदे बालीमा गनिने उखु खेतीप्रति पछिल्लो समय किसानको आकर्षण घटदै गइरहेको छ । लगात अनुसार दररेट नपाउनु एउटा पिडा थिदै थियो त्यसमाथि उन्नत विउ उपलब्ध नहुनु, सस्तो मूल्यमा खाद्यमल किसानले नपाउनु, उखुको मूल्य निर्धारण र भूक्तानी नहुनु जस्ता दर्जनौं समस्याले गर्दा बारामा उखु खेती गर्ने किसानहरु घट्दै गएको किसानहरुले बताएका छन् ।

बाराका उखु किसानको वर्षांैदेखिको पीडालाई सरकार र स्थानीय प्रशासन कसैले पनि सम्बोधन गर्न नसकेको दुखेसो पीडित किसानको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार