कस्ले दियो प्रचण्डको हात काटिदिने धम्की ?

  पत्रपत्रिका  99 पटक हेरिएको

काठमाडौँ । प्रदेश २ मा पर्ने ठोरी गाउँपालिका प्रदेश ३ मा गाभ्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिविरुद्ध संघीय समाजवादी फोरम नेपालले मंगलवार वीरगन्जमा प्रदर्शन गरेको छ ।ठोरीमा सोमबार भएको सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठोरीलाई प्रदेश ३ मा गाभ्ने अभिव्यक्ति दिएका थिए ।

दाहालको अभिव्यक्तिले वीरगन्जलाई प्रादेशिक राजधानी बनाउने माग गर्दै एक सातादेखि निरन्तर चलेको आन्दोलन ओझेलमा परेको छ । ठोरीलाई प्रदेश २ मा कायम राख्ने विषयले वीरगन्जको राजनीति तातेको छ ।

वीरगन्जको घण्टाघर चोकमा मंगलवार अपराह्न आयोजित विरोधसभालाई सम्बोधन गर्दै फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले ठोरी पर्साको गहना ठोरीलाई अलग गरेर अन्य जिल्लामा मिसाउन चाहनेको हात काटिदिने समेत चेतावनी दिए ।

अध्यक्ष दाहालले आफुलाइ फेरि एक पटक मधेस विरोधी भएको पुष्टि गरेको बताए । अध्यक्ष दाहालले आफनो अभिव्यक्ति नसच्याए भोलिका दिनमा उनका पार्टीका नेता कार्यकर्तालाई वीरगन्जमा उभिन नदिने उनको भनाई थियो ।

मंगलवार नै वीरगन्जमा आयोजित ‘वीरगन्जको समग्र विकास’ सम्बन्धी अन्तरक्रियामा सहभागी मधेसवादी दलका नवनिर्वाचित सांसदले माओवादी अध्यक्ष दाहालको अभिव्यक्तिको विरोध जनाए ।

२०७३ सालको साउनमा प्रदेशको सिमांकनबारे प्रमुख चार दलले गरेको सहमतिसँगै ठोरी प्रदेश नम्बर २ वा ३ कुनमा राख्ने भन्ने विषय बहसको रुपमा चल्दै आएको छ ।

पहाडी समुदायको बाहुल्य रहेको साविक ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस, हालको ठोरी गाउँपालिकालाई पर्साबाट छुटयाएर प्रदेश ३ को चितवन जिल्लामा गाभ्न माग गर्दै ठोरीका राजनीतिक दल र स्थानीयले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार