यस्तो खतरनाक दिमाग, यिनले धेरैलाई गरिसकिन् बर्बाद

  KTMreports  167 पटक हेरिएको

हेर्दा निकै सुन्दर यी महिलालाई निकै गम्भीर अपराधमा संलग्न भएको खुलेको छ । आफूले आफैंलाई करोडपति बताउने र नेता भएको परिचय दिने यी ३३ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।आफैले आफैंलाई भारतीय जनता पार्टीकी दक्षिण मुम्बइ उपाध्यक्ष बताउने यी महिलालाई आफ्नै घरमा काम गर्ने महिलालाई ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । यी महिलाले अन्य महिलालाई घरेलु काममा राख्ने र विभिन्न् बहानामा उनीहरुको गहना पैसा लिएर हडप्ने गरेको आरोप छ । पैसा फिर्ता माग्दा उनीहरुलाई झुटा मुद्दामा फसाएर जेल हाल्ने गरेको आरोप लगाइएको छ ।

यी महिलाको नाम पेट्रिसिया डिसुजा हो । अहिले उनको घरमा काम गर्ने महिला लक्ष्मी देवेन्द्रनको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । पेट्रिसियाले लक्ष्मीसँग पनि फकाइ फुल्याइ पैसा लिएको बताइएको छ । लक्ष्मीले आफ्ना छोरालाई होस्टलमा राखेर पढाउन चाहन्थिन् । यसका लागि उनले केही पैसा बचाएर राखेकी थिइन् । पेट्रिसियाले यो कुरा थाहा पाएपछि आयकरलाई केही पैसा देखाउनुपर्ने भएकोले आफूलाई केही पैसा चाहिएको भन्दै लक्ष्मीसँग पैसा मागिन् ।

उनले लक्ष्मीसँग आफूले धेरै पैसा फिर्ता दिने र छोराहरुलाई होस्टल पनि भर्ना गरिदिने आश्वासनसहित पैसा लिएकी थिइन् । तर पछि उनले पैसा फिर्ता दिन खोजिनन् । लक्ष्मीले पैसा फिर्ता माग्दा चोरीको झुटो मुद्दामा फसाइदिने डर देखाएपछि लक्ष्मी प्रहरीमा पुगेकी हुन् । अनुसन्धानमा पेट्रिसियाले यसैगरी अन्य महिलालाई पनि ठगेको खुलेको छ ।

उनले यसरी ठगी गरेका महलाको संख्या दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । यसरी पहिले नै ठगिएका महिलाहरु पनि उनी गिरफ्तार भएपछि खुलेर बाहिर आउन थालेका छन् । http://dcnepal.com/-21038 बाट लिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार