जब मृत घोषित गरिसकेका इन्द्र गिरी जब ब्युँझिएपछि

  केटिएम रिपोर्टस्  149 पटक हेरिएको

इटहरी । इटहरीमा मृत्यु घोषणा गरिएको व्यक्ति ब्युँझिएको अपत्यारिलो घटना भएको छ । इटहरी उप–महानगरपालिका १९ बस्ने ३२ बर्षीय इन्द्र गिरीको मृत्यु भएको भन्दै अस्पतालले ‘डेथ सर्टिफिकेट’ बनाउँदै गर्दा उनी चलमलाएका हुन् ।३ पुसमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका उनलाई तत्काल परिवारले धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि लगेको थियो ।

अस्पताल पुराउँदा उनी जीवनको अन्तिम अवस्थातिर पुगिसकेका थिए । तर, त्यहाँ आईसियुको अभावका कारण धरानबाट बिराटनगरस्थित लाईफ गार्डमा रेफर गरियो । त्यहाँ लगेर उपचार सुरु भयो ।

तर, अस्पतालले एक रात उपचार गरेपछि उनलाई मृतक घोषणा गर्यो । अस्पताल ‘डेथ सर्टिफिकेट’ बनाउन लाग्यो । तर, यही क्रममा एक डाक्टरले अचानक उनको ‘पल्स’ चलिरहेको महसुस गरे । त्यसपछि पुनः उनलाई चिकित्सको सल्लाहअनुसार बिराटनगरकै नोबेल मेडिकल कलेजमा रेफर गरियो ।

नोबेलका बिशेषज्ञ चिकित्सको परामर्शबाट गिरीको उपचार सुरु भयो । क्रमशः चमत्कारीक रुपमा उनको अवस्थामा सुधार देखियो । बुधबार अस्पतालले उनलाई घर फर्काइदिइसकेको छ ।

श्रीमानको मृत्युको खबरसँगै बेहोस भएकी श्रीमती चन्द्रा गिरी पनि अहिले सही अवस्थामा फर्किएकी छिन् । चन्द्राका अनुसार श्रीमान इन्द्र अहिले खाना खान थालेका छन् । – न्युजसेवा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार