यस्तो छ पहिलो हवाई अन्तरवार्ता (भिडियो)

  केटिएम रिपोर्टस्  160 पटक हेरिएको

नेपालमा पहिलो पटक उड्दै गरेको हवाईजहाजमा अन्तर्बाता लिदै नयाँ किसिमको अन्तर्बाताको स्बाद नेपाली दर्सकलाई चखाएको छ ।
एबीसी टेलिभिजनले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग हवाई जहाजमा नै अन्तरवार्ता लिएको हो ।

अन्तरवार्ता एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि लिइएको हो । आउटलुक एक्सक्लुसिभ नाम दिइएको सो अन्तरवार्ताको मुख्य भाग बिहिबार बेलुका ९ बजे प्रशारण हुनेछ । अन्तरवार्ताको पूरा भाग भने शनिबार राती ९ बजे प्रशारण हुने जनाइएको छ । अन्तरवार्ता यति एयरलाइन्सको विमानमा लिइएको हो ।

पत्रकार शुभशंकर कँडेलले लिनुभएको सो अन्तरवार्तामा केपी ओलीलाई भावी प्रधानमन्त्री भनिएको छ । अन्तरवार्तामा भावी सरकारको नीति तथा कार्यक्रमबारे प्रश्नहरु सोधिएको छ । भावी सरकारको वैदेशिक नीतिबारे पनि अन्तरवार्तामा प्रश्नहरु सोधिएको छ ।

हेर्नुहोस् यस्तो छ अन्तर्बाता :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार