यो स्थिरता र सम्बृद्धिको प्रमाणपत्र हो : प्रचण्ड

  केटिएम रिपार्टस  189 पटक हेरिएको

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदको प्रमाणपत्रलाई स्थिरता र सम्बृद्धिको प्रमाणपत्र भएको बताएका छन् । सोमबार निर्वाचन कार्यालय चितवनले भरतपुरका चितवन माविमा प्रमाणपत्र वितरणका लागि आयोजित औपचारिक कार्यक्रमा सांसदको प्रमाणपत्र बुझ्दै प्रचण्डले भने, ‘यो स्थिरता र सम्बृद्धिको प्रमाणपत्र हो ।

यो चितवनका जनताले देशलाई विकास र सम्बृद्ध बनाउनका लागि दिएको प्रमाणपत्र हो ।’ निर्वाचन सम्पन्न भएसँगै देश अब विकास र सम्बृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए । देशभरबाट अहिले वाम गठबन्धनको पक्षमा जनमत आएको छ । यो देशलाई नयाँ युगमा लैजानका लागि दिएको जनादेश भएको प्रचण्डले बताए ।

अव आफू जनताका माझ गरेका वाचा पूरा गर्नेति इमानदार भएर लाग्ने पनि प्रचण्डले बताए । अव देश पहिले जस्तो अवस्थामा नरहने बताएदै सबै मिलेर देशलाई विकास र सम्बृद्धिको नयाँ युगका लैजाने बताए । आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा रहेको प्रचण्डले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार